आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको फागुन १५ गतेदेखि आइपिओ निश्कासन हुने भएको छ।
कम्पनीले कुल २ लाख ९४ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। जसमा ३ प्रतिशत अर्थात ८ हजार ८२० कित्ता सेयर कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात १४ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ।
२ लाख ७० हजार ४८० कित्ताका लागि सर्वसाधारणको आवेदन माग गरिएको हो। छिटोमा फागुन २१ गते र ढिलोमा २९ गतेमम्म आवेदन दिन सकिनेछ। न्यूनतम ५० तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ।
एनआइसी एशिया क्यापिटल बबरमहल, आरम्भ माइक्रोफाइनान्स बनेपा र सि आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत आइपिओमा आवेदन दिन सकिनेछ।
संस्थाको प्राथमिक शेयर निष्काशनपछि संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत हिस्साको चुक्ता पुँजी कायम हुनेछ।
काभ्रेपलान्चोकमा प्रधान कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट ुघु वर्गको इजाजत प्राप्त हो।