नेप्सेमा क वर्गका कम्पनीको संख्या ११० कायम भएको छ। नेप्सेले गरेको वर्गीकरणमा गत वर्षभन्दा यो पटक एउटा कम्पनी घटेको हो।
२७ वाणिज्य बैंक, अन्य समूहबाट २, जलविद्युत ५, होटल समूहबाट २, बिमा समूहबाट १६, फाइनान्स समूहबाट ११, विकास बैंक समूहबाट २१ तथा माइक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु क वर्गमा परेका हुन्।
चुक्ता पुँजी कम्तीमा २ करोड भएको, साधारण सेयरधनीको संख्या कम्तीमा १ हजार भएको, तीन वर्षदेखि लगातार नाफामा रहेको लगायतका पक्षलाई आधार बनाई नेप्सेले क वर्गका कम्पनीहरु छुट्याउने गर्दछ।
यी कम्पनीहरुको सूचकलाई सेन्सिटिभले मापन गर्ने गर्दछ।