कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त भएको छ।
नीतिगत व्यवस्थाबमोजिम चुक्ता पुँजी र पुँजीकोष कायम गर्दै नयाँ लगानीकर्ता प्रवेश गरी संस्थालाई सूचारु गर्ने प्रतिबद्धता जनाएपछि समस्याग्रस्तबाट मुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ।
अब कम्पनीले २०७६ माघ १७ गतेभित्र चुक्ता पुँजी पुर्याउने योजना पेस गर्नुपर्नेछ। संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त पार्नुपर्ने लगायतका शर्तहरु तोकिएको छ।
बीरगन्जको पर्सामा मुख्य कार्यालय रहेको कम्पनी २०७१ पुस ४ गते समस्याग्रस्त घोषित भएको थियो।
यसअघि कुबेर मर्चेन्ट, ललितपुर, अरुण, जनरल फाइनान्स समस्याग्रस्तबाट मुक्त भइसकेका छन्।