बिहिबार शेयर बजारको परिसुचक नेप्से ३६ अंकले बढेको छ।
१६५ कम्पनीको ६५ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यस दिन सबै उपसुचकहरु बढेका छन्।
बैंकिङ ३१, ब्यापार ५, होटल २२, बिकास बैंक ५५, जलविधुत ४९, फाइनान्स १७, बिमा २१३, उत्पादन ५०, अन्य ७ र माइक्रोफाइनान्स उपसुचक ६२ अंकले बढेका छन्।
धेरै कारोबार हुने कम्पनिमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रह्यो जसको ३ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
इन्भेष्टमेन्ट बैंक र नेपाल लाइफ इन्सुरेन्स पनि कारोबारको आधारमा अग्र स्थानमा रहे।
श्रि इन्भेष्टमेन्ट फाइनान्स र अरुण फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत कमाए।
त्यस्तै एनएम्बी सुलभ इन्भेष्टमेन्ट फण्ड र श्रृजना फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ३ प्रतिशत गुमाए।