सिभिल बैंक र भारतको एक्सिस बैंकबीच रकम आदानप्रदान सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंक फाईनान्सियल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल. श्रीरमनले हस्ताक्षर गरे।
उक्त सम्झौतापछि मुख्यतयाः भारतमा कार्यरत नेपालीहरु लाभान्वित हुने बैंकले जनाएको छ। भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिसले भारतभर दुईहजार शाखामार्फत बैंकिङ सेवाप्रदान गर्दै आएको छ। अब यी शाखाहरु मार्फत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिने छ।