नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो खुद नाफामा ८२ प्रतिशतको वृद्धि गरेको छ।
कम्पनीले यस आवको ६ महिनामा २७ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यस अवधिमा यो १५ करोड ३० लाख थियो। वास्तविक बीमांकीय मूल्याङ्कनपछि कम्पनीको नाफा अझ बढी हुन सक्नेछ।
कम्पनीले बीमा समितिले तोकेअनुसारको चुक्ता पुँजी पुर्याइसकेको छ। असारसम्म जीवन बीमा कम्पनीहरुले २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था छ। यसको चुक्ता पुँजी भने ३ अर्ब ९ करोड छ।
जगेडा कोषका आधारमा पनि कम्पनी अरुभन्दा मजबुत छ। कोषमा ५ अर्ब ४० करोड छ। कम्पनीले पुस मसान्तसम्म ५९ अर्ब ६० करोड बीमा शुल्क आर्जन गरेको छ।
१० लाख ८० हजारले यसमार्फत जीवन बीमा गराएका छन्। कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७४७ रुपैयाँ छ। कम्पनीको बजार मूल्य १७ सय ७० रुपैयाँको आसपासमा छ।