उन्नति माइक्रोफाइनान्सको आइपिओ जम्मा ६ दशमलव १४ प्रतिशत आवेदकले मात्रै प्राप्त गरेका छन्।
कुल २ लाख ४४ हजार ४२७ स्वीकृत आवेदनमध्ये १५ हजार १५ आवेदकले मात्रै १० कित्ताका दरले पाएका छन्। थोरै कित्ताका लागि आवेदन खुल्नु र आवेदकको संख्या बढी भएपछि करिब ९४ प्रतिशतको हात रित्तै भएको छ।
कम्पनीले कुल १ लाख ६५ हजार कित्ता आइपिओ निश्कासन भएकोमा कर्मचारीका लागि ६ हजार ६०० तथा म्युचुअल फण्डहरुका लागि ८२५० कित्ता छुट्याइएको थियो। आवेदनमध्ये कुल २ हजार ४६७ रद्द भएका थिए।