नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा शाखा विस्तार गरेको छ। उक्त शाखाको बैंक संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले उद्घाटन गरे।
उक्त अवसरमा संचालक श्रेष्ठले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागिएको बताए। सोही कार्यक्रममा वर्दघाट नगरपालिका ४ नम्वर वडा अध्यक्ष रबिन्द्र विक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेको खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराए।