रिलायन्स लाईफ इन्स्योरेन्सको एक संस्थागत अभिकर्ताको रुपमा नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था नियुक्त भएको छ।
अभिकर्ताको रुपमा काम गर्ने सम्झौतामा रिलायन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नवकान्तिपुरको तर्फबाट प्रबन्ध निर्देशक शिवप्रसाद सिटौलाले हस्ताक्षर गरे। यो सम्झौतासँगै नवकान्तिपुरले रिलायन्सका योजनाहरु बिक्री गर्नेछ।
गत मंसिर १ गतेदेखि कारोबार सुरु गरेको यो बिमा कम्पनी सिद्धार्थ बैंक र अन्य व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो।
जसको कुल पुँजी २ अर्ब १० करोड तथा चुक्ता पुँजी १ अर्ब ४७ करोड छ। सो मध्ये बाँकी रहेको ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएकोछ ।