मंगलबार सेयर बजारका सबै सूचकहरु ओर्लिएका छन्। यस दिन नेप्से परिसूचक १४ सयबाट ६ अंकले ओर्लिएको छ। अघिल्लो दिन १४ सय अंकमा रहेको परिसूचक आज १३९४ मा कायम भएको छ।
बैंकिङ ५, व्यापार ५, होटल ६, विकास बैंक ३, जलविद्युत २२, बिमा ३० तथा माइक्रोफाइनान्स ७ अंकले ओर्लिए। फाइनान्स र अन्य उपसूचकको गिरावट भने १ अंकमुनि थामियो।
सानिमा माइ हाइड्रोपावरको यस दिन सबैभन्दा बढी रकमको १ करोड ६३ लाखको कारोबार भएको छ। कम्पनीको मूल्य प्रतिकित्ता ३९१ मा झरेको छ। एभरेष्ट बैंक र स्टान्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।
सिन्धु विकास बैंकका लगानीकर्ताले भने साढे ४ प्रतिशत कमाएका छन्। कर्णाली विकास बैंकका लगानीकर्ताले ४.६ प्रतिशत गुमाए।
विगत चार महिनालाई हेर्ने हो भने नेप्से परिसूचक १३९० अंकसम्म झरेको छ। गत पुस १६ गते सो अंकमा झरेर नेप्से पुन सुधार भएको हो।
१३९० अंकलाई नै बलियो टेवा पाउने अंकका रुपमा बजारमा लगानीकर्ताले टिप्पणी गर्ने गरेको पाइन्छ।