एसियन लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद सेयरमा फागुन १३ देखि आवेदन खुल्ने भएको छ।
कम्पनीले कुल ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री खोल्न लागेको हो। माघ ७ गतेसम्म कायम सेयरधनीले हकदावी गर्न सक्नेछन्। कम्पनीको हकप्रद बिक्री प्रवन्धकमा एनआइबिएल क्यापिटल रहेको छ।
प्रतिकित्ता १ सय रुपैयाँको हकप्रदमा आवेदन दिने अन्तिम मिति चैत १८ गते तोकिएको छ। कम्पनीको हाल चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ छ।
जीवन बिमा कम्पनीहरुले आगामी असार मसान्तसम्म २ अर्ब चुक्ता पुर्याउनुपर्ने भएपछि उसले ५० प्रतिशत हकप्रदको बाटो रोजेको हो। यो हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ६० करोड नाघ्नेछ। बाँकी रकम बोनसमार्फत पुर्याउन सहज हुने छ।