‘पेन्सन, अब नो टेन्सन’ भन्ने सन्देशका साथ एलआइसी नेपालले बीमा योजना ल्याएको छ।
न्युनतम ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी कम्पनीले ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना ल्याएको हो। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इँले औपचारिक रुपमा योजना सार्वजनिक गरे।
जीवन अक्षय–१ योजना बीमा चालु हुनासाथ पेन्सन लिन मिल्ने पहिलो र एकमात्र योजना रहेको एलआइसीले जनाएको छ। यस योजनामा बिमितले सुरुबाट नै आजीवन र निजको मृत्युपश्चात पति÷पत्नीलाई पनि जीवन भर ५० प्रतिशत पेन्सन सुविधा दिइने कम्पनीले जनाएको छ।
कम्पनीले केहीवर्षअघि ‘जीवन तरङ्ग’ नामको पेन्सन प्रकृतिको बीमा योजना बिक्री गर्दै आएको थियो। जसमा परिपक्वतापछि बीमाड्ढको ५५ प्रतिशत रकम वार्षिक पेन्सनको रुपमा आजीवन पाइन्थ्यो।
नयाँ योजनामा भने वर्तमान दर तथा बिमितको उमेर अनुसार बीमाड्ढ रकममा सर्वाधिक ११.७७ प्रतिशत सम्म रकम पेन्सनको रुपमा पाउन सकिने बताइएको छ।
एलआईसी नेपालको का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले आम नागरिकहरुलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्नेगरी योजना ल्याइएको बताए।