यस आर्थिक वर्षको ६ महिनामा ४६ कम्पनीले साधारण सेयर, हकप्रद तथा म्यचुअल फण्ड निश्कासनको अनुमति पाएका छन्।
धितोपत्र बोर्डका अनुसार साउनदेखि पुससम्म ति कम्पनीको ३७ अर्ब ७६ करोड रुपैयाँको सार्वजनिक निश्कासन भएको हो। गत आवको तुलनामा कम्पनी र रकम दुवैमा वृद्धि भएको बोर्डले जनाएको छ।
९ कम्पनीले यस अवधिमा २ अर्ब ८६ करोड रुपैयाँको आइपिओ, ३ कम्पनीको २ अर्व ६७ करोड रुपैयाँको एफपिओ, सामूहिक लगानी कोषका ४ योजनाको ४ अर्व ७० करोड रकम बरावरको इकाई निष्काशन भएको बोर्डले जनाएको छ।
३० वटा कम्पनीको १७ अर्व ५३ करोड रकम बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ।