आइएमई जनरल इन्स्योरेन्सका तीन शाखा झापाको दमक, सुनसरीको इटहरी र मोरङ्गको विराटचोकमा संचालनमा आएका छन्।
ति शाखाहरुको कम्पनीका संचालक योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे। उद्घाटनका क्रममा ढकाल र पाण्डेले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर शाखा विस्तार गर्ने बताए।
कम्पनीका नयाँ सहित २६ शाखा, ३ उपशाखा तथा १० सेवा काउण्टर र प्रधान कार्यालय सहित ४० स्थानबाट सेवा प्रदान गरीरहेको कम्पनीले बताएको छ।
निकट भविश्यमा नै थप १४ शाखा तथा उपशाखा कार्यालय खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले ग्राहकलाई सहज बिमा सेवा दिनका लागि प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बिमा सेवा सुरु गरीसकेको बताए।
कम्पनीले दोश्रो त्रैमासिक सम्म ४३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको जनाएको छ।