नेप्से सोमबार दोहोरो अंकले झरेको छ।
यस दिन ३० करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यो अघिल्लो दिनको तुलनामा १६ करोड रुपैयाँ कम हो।
१५४ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर कारोबार भयो।
दिनभर उच्चतम १४१२ अंकमा पुगेको नेप्से न्युतम १३९९ अंकसम्म झरेको थियो।
सबै उपसुचकहरु आजको कारोबारमा घटेका छन्।
नयाँ नेपाल लघुवित्त विकास बैंक र लक्ष्मी भ्यालु फण्डका सेयर धनीले धेरै नाफा कमाए।
बढी घाटा ब्यहोर्नेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र तिनाउ डेभलपमेण्ट बैंकका लगानीकर्ता अग्रस्थानमा रहे।
बैंकिङ ७, व्यापार ०.०९, होटल ८, विकास बैंक १४, जलविधुत ३०, वित्तीय संस्था ६, विमा ८४, उत्पादन १, अन्य ३ र माइक्रोफाइनान्स १७ अंकले घटे।
यसैबीच एनआइडिसी डेभलपमेन्ट बैंकको साधारण सभा फागुनको १३ गते हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा गभिने प्रयोजनको लागि साभारण सभा हुने भएको हो।