वैदेशिक रोजगारमा गएकाहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १० प्रतिशत व्याजदर दिनेगरी बचत पत्र निश्कासन गर्ने भएको छ।
बैंकल कुल २५ करोड रुपैयाँको बचतपत्र निश्कासन गर्न लागेको हो। यो बचतपत्रमा लगानी गर्न चाहनेले न्यूनतम ५ हजार तथा अधिकतम सबै रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
यस्तो बचतपत्र खरिद गरेपछि ६/६ महिनामा वार्षिक १० प्रतिशतले हुन आउने व्याजदर नजिकैको बैंक तथा वित्तीय संस्थाबाट लिन पाइनेछ।
पाँच वर्षपछि साँवा रकम फिर्ता हुनेछ। यदी बीचमै रकम चाहिएमा यस्तो बचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन पाइनेछ। यसमा कुनै जोखिम हुँदैन।
मुलुकबाहिर रोजगारमा रहेका वा रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीले यसमा आवेदन दिन सक्नेछन्।
साथै तिनीहरुका बुवा, आमा, श्रीमान, श्रीमती, छोराछोरीको नामबाट पनि यसमा लगानी गर्न सकिने बैंकले जनाएको छ। आगामी फागुन ३ गतेदेखि आवेदन खुल्ने बचतपत्र फागुन २८ गते निश्कासन हुनेछ। सोही दिन सावाँ भुक्तानी गर्नुपर्नेछ।
यसको नाम ‘बैदेशक रोजगार पत्र २०६९ ख’ दिइएको छ।
हेर्नुहोस् मुलुकबाहिर रहेकाले कहाँ सम्पर्क गर्ने ?