सिद्धार्थ बैंकले म्याग्दीको बेनी बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ। शाखाको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त रुपमा उदघाटन गरे।
यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। साथै यी शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र यस स्थानका व्यापारी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकका देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटिएम संचालनमा छन्। यस आवको पौष मसान्तसम्म बैंकले ८५ अर्ब ५७ करोड निक्षेप संकलन गरी ७६ अर्ब ९५ करोड कर्जा प्रवाह गरेको छ। पुस मसान्तसम्म खुद मुनाफा ७७ करोड छ।