सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई वर्षका लागि निरन्तरता दिएको छ।
विगत ६ वर्षदेखि ब्राण्ड प्रवर्धकका रुपमा रहँदै आएको ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहालबीच थप अवधिको सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए।
उक्त सम्झौता अवधिमा मह जोडीले बंैकका विभिन्न प्रवर्धनात्मक कार्यक्रममा संलग्न हुने छन्।