ग्लोबल आइएमई बैंकले पाल्पाको तानसेन तथा काठमाडौंको जोरपाटीमा दुई शाखा विस्तार गरेको छ। नयाँ शाखासंँगै बैंकको शाखा संख्या ११५ पुगेको छ।
यीसहित बैंकका ११५ शाखा, १२७ एटिएम, ४ एक्सटेन्सन काउन्टर, १४ राजश्व संकलन काउन्टर र ६८ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएका छन्।
प्रविधियुुक्त बैंकिङका लागि भाईवर, मोबाइल, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय बाट सेवा दिइरहेको बैंकले जनाएको छ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ।