बजारमा ४६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम यस दिन करिब ५ करोड बढी हो। यसअघि बिहीबार ४१ करोड ७० लाखको कारोबार भएको थियो। परिसूचक नेप्से भने एक अंकले घटेर १४१० मा कायम भएको छ।
समग्र परिसूचक घट्दा बैंक, अन्य र विकाश बैंक उपसूचक बढेका छन्। बैंकिङ २, अन्य ०. ६ र विकाश बैंक ४ अंकले बढेका छन्।
व्यापार ०.८, होटल ३२, जलविद्युत १४, वित्तीय संस्था ५, बिमा ३५, उत्पादन १५ र माइक्रोफाइनान्स ३ अंकले घटेका छन्।
कारोबारको आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। कम्पनीको ७ करोड १९ लाखको कारोबार हुँदा मुल्य प्रति कित्ता ३६५ कायम भएको छ।
कुमारी बैंकको दुई करोड ९७ लाखको कारोबार हुँदा प्रति शेयर मूल्य २७५ कायम भएको छ। नविल बैंक र सानिमा माइ हाइड्रोपावर कम्पनी पनि कारोबार रकमका आधारमा अगाडि रहे।
साल्ट ट्रेडिङको शेयर मूल्य ५ प्रतिशतले बढेको छ। समता माइक्रोफाइनान्स र देव बिकास बैंक पनि कमाउनेमा अगाडि रहेका छन्। जानकी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत र बुटवल पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन्।
एफपिओ खुलिरहेको बुटवल पावरको मूल्य केही दिनयता घटिरहेको छ। कम्पनीको एफपिओ समेत तोकिएको समयभित्र बिक्री नभएपछि आइतबारसम्मका लागि म्याद थपिएको थियो।