प्राइम बैंकले सोलुखुम्बुको रमितेबजार, तिङलामा नयाँ शाखा खोलेको छ।
यस शाखासंगै बैकको कार्यालय संख्या ५५ पुगेको बैंकले जनाएको छ।
समारोहको उद्घाटन दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङम्बु तथा बैंकका संचालक गजेन्द्र बिष्टले संयुक्त रुपमा गरे।
आगामी दिनहरुमा ग्राहकको सुविधाका लागि थप शाखा खोल्दै जाने बैंकले जनाएको छ।