ज्योति विकास बैंकको नयाँ शाखा चितवनको देवघाटमा खुलेको छ।
देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालले संयुक्त रुपमा शाखाको उद्घाटन गरे। समारोहमा गलेश्वर आश्रम देवघाटका ४०० बृद्ध बृद्धालाई भोजनको व्यबस्था पनि गरिएको बैंकले जनाएको छ ।
बैंकले निकट भविश्यमा १० नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ।
बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, लकर, एटिएम, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एविविएस सेवा समेत उपलब्ध गराइरहेको जनाएको छ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
१३ अर्व ४५ करोड निक्षेप संकलन गरी बैंकले हालसम्म १२ अर्व ४३ करोड ऋण लगानी गर्न सफल भएको जनाएको छ। बैंकले बोनस सेयर मार्फत कुल चुक्तापूँजी २ अर्व ५९ करोड पुर्याएको छ।