बिहीबार नेप्सेमा ७ अंकको वृद्धि भएको छ।
सो अंकको वृद्धिपछि परिसूचक १४११ अंकमा कायम भएको छ। यस दिन कारोबार रकम पनि बढेको छ। कुल १५७ कम्पनीको ४१ करोठ ७० लाखको कारोबार भयो। अघिल्लो दिन ३१ करोडको कारोबार भएको थियो। बजारको पुँजीकरण १६ खर्ब ५० अर्ब कायम भएको छ।
जलविद्युत बाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक १ अंकले घटेको छ। बैंकिङ ६, विकास बैंक ८, बिमा १६, फाइनान्स ०.६, व्यापार १.६, होटल ५, उत्पादन ५, अन्य ९ र माइक्रोफाइनान्स १२ अंकले बढेका छन्। कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो।
कम्पनीको ४ करोड २७ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता ३६५ कायम भएको छ। लक्ष्मी बैंकको ३ करोड ३४ लाखको कारोबार भयो। सानिमा माइ हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स पनि कारोबारका आधारमा अगाडि रहे।
प्रोग्रेसिभ फाइनान्सको मूल्य ९ प्रतिशतले बढेको छ। रिलायबल माइक्रोफायनान्स, लक्ष्मी बैंकका लगानीकर्ता पनि कमाउनेमा अगाडि देखिए। युनाइटेड फाइनान्स र सिद्धार्थ बैंकका लगानीकर्ताले २ प्रतिशत बढी गुमाए।
सेन्चुरी कमर्सियल बैंकले गत आवको नाफाबाट ५ प्रतिशत बोनस दिने भएको छ।