विश्वव्यापी मोबिलिटी र सहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा 'राइड टु सपोर्ट' अभियान सुरू गरेको छ।
यो अभियान स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रित रहेको छ।
समुदाय–सञ्चालित यो पहल अन्तर्गत इनड्राइभले मे महिनाभरी नेपालभर सञ्चालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गर्नेछ।
यस पहलमार्फत बास्केटबल, ब्याडमिन्टन र फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू प्रदान गरिनेछ, जसले विद्यार्थीहरूको शारीरिक विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न मद्दत गर्नेछ।
इनड्राइभको यो अभियानले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउन र बालबालिकाहरूको समग्र विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ, जसले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
इनड्राइभको 'राइड टु सपोर्ट' अभियान केवल यात्राको सेवा मात्र नभई, समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ संकल्पको हो।
यो अभियान अन्याय र असमानतालाई चुनौती दिने कम्पनीको अटुट प्रतिबद्धताको प्रमाण हो, जुन सबै समुदायहरूमा समावेशी विकास र सशक्तीकरणको भावना फैलाउन केन्द्रित छ।
यस अभियानअन्तर्गत प्रत्येक तेस्रो राइडका साथ प्रयोगकर्ताहरूले आफूलाई मात्र गन्तव्यमा पुर्याउने होइन समाजलाई अघि बढाउने एउटा सशक्त कदम पनि चालिरहेका हुन्छन्।
उनीहरूको सानो योगदानले स्थानीय विद्यालयहरूका खेलमैदानहरू सुधार गर्ने कार्यमा सहयोग पुग्छ, जसले बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट आत्मविश्वास, अनुशासन र नेतृत्व सीप विकास गर्न प्रेरित गर्दछ।
'राइड टु सपोर्ट' अभियानमार्फत इनड्राइभले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै, बालबालिका र युवापुस्तालाई उज्वल भविष्यतर्फ उत्सुक गराउने प्रयास गरिरहेको छ।
यस अभियानले यात्रालाई मात्र होइन समावेशी विकासको दिशामा अगाडि बढ्ने यात्रा बनाएको छ।
अभियान अन्तर्गत संकलित रकम प्राथमिक विद्यालयहरूको खेल मैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरूको आपूर्तिमा प्रयोग गरिनेछ।
यसले विद्यालयमा अध्ययनरत बालबालिकालाई सुरक्षित, समावेशी र गुणस्तरीय खेलकुद पूर्वाधारमा सहज पहुँच सुनिश्चित गर्नेछ।
यस किसिमको पहलले सामाजिक असमानता विरुद्ध आवाज उठाउने र सेवाबाट वञ्चित समुदायका बालबालिकालाई समान अवसर प्रदान गर्ने इनड्राइभको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ।
इनड्राइभले सबै प्रयोगकर्तालाई राइड टु सपोर्टअभियानमा सहभागी भई समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरेको छ।