नेपालमा पारामाउन्ट मोटर्सले एमजी एस–५ इभी बिक्री गर्दै आइरहेको छ।
एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले नेपालमा केही महिनाअघि यो गाडी सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यसले बजारमा राम्रो स्थान जमाउन सफल भएको छ।
कम मूल्यमा धेरै फिचर भएको यो गाडीमा अत्याधुनिक प्रविधि जडित छ।
एमजी एस–५ इभी कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छ। दुवै भेरियन्टमा ४९ किलोवाट प्रतिघण्टा ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ। यसले अधिकतम २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्छ।
डिलक्स भेरियन्टमा लामो दुरी तय गर्न सक्ने विशेष क्षमता छ। यसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ।
४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस–५ इभीको सुरूआती मूल्य क्रमशः ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार रूपैयाँ छ।
६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस–५ इभीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ छ।
यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको कम्पनीको दाबी छ। यसले सन्तुलित गुरूत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउने पनि कम्पनीले दाबी गरेको छ।
यसमा रियर–ह्विल ड्राइभ कन्फिगरेसन, पाँच वटा स्वतन्त्र लिंक सस्पेन्सन प्रणाली र उन्नत इञ्जिनियरिङ प्रयोग गरिएको छ। यसबाट ड्राइभिङ अनुभव र आरामदायी यात्रा नयाँ उचाइमा पुग्ने कम्पनीको भनाइ छ।
कम्पनीले एमजी एस–५ लाई मूल्य अनुसारको उत्कृष्ट विद्युतीय एसयुभी भनेको छ।
यसै विषयमा हामीले पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीसँग कुराकानी गरेका छौं। सँगै एमजी एस–५ को टेस्ट ड्राइभ गरेका छौं।
हेर्नुहोस् पूरा भिडिओः