चोभारको सुख्खा बन्दरगाहमा विद्युतीय गाडी (इभी) थुप्रिएको छ।
विद्युतीय सवारीसाधन (इभी) को आयात अत्यधिक बढेका कारण चोभारमा विद्युतीय गाडी थुप्रिएको हो। फागुनयता रसुवागढी र तातोपानी (सिन्धुपाल्चोक) भन्सार कार्यालयहरूबाट विद्युतीय गाडीको आयात बढेको छ।
चोभार सुक्खा बन्दरगाहमा मात्रै ९५० युनिटभन्दा बढी विद्युतीय सवारी साधन थन्किएको छ भने रसुवा र तातोपानी नाकामा थप १ हजारभन्दा बढी गाडी राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
व्यवसायीहरू भन्सार बढ्ने हल्ला र चीनमा इभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्। कतिपय गाडी भन्सार क्लियर नगरी थुपारिएको छ भने केही सिधै उपत्यका बाहिर शोरुममा पठाइएको छ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग (खनाल आयोग) को सुझावले पनि व्यवसायीमा भन्सार बढ्ने डर पैदा गराएको छ। आयोगले पेट्रोल र इभी गाडीमा कर समायोजन तथा कार्बन उत्सर्जन गर्ने सवारीमा हरित कर लगाउने सुझाव दिएको छ।
यसले गर्दा आयातकर्ताहरूले कर वृद्धिको आशंकामा अहिले नै बढी मात्रामा इभी भित्र्याइरहेका छन्। शोरुमहरूमा भने गाडी भए पनि बिक्री ढिला गरी नयाँ मूल्यमा बेच्ने तयारी देखिएको उपभोक्ताहरूको गुनासो छ।
-1747623658.jpg)
-1747623659.jpg)
-1747623659.jpg)
-1747623658.jpg)
-1747623658.jpg)
-1747623658.jpg)
-1747623657.jpg)
-1747623657.jpg)
-1747623657.jpg)
-1747623657.jpg)
-1747623655.jpg)
-1747623655.jpg)
-1747623656.jpg)
-1747623656.jpg)
-1747623655.jpg)