नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फ्रि सर्भिस क्याम्प र होण्डा इलेभेट गाडीको टेष्ट ड्राइभ सम्पन्न गरेको छ।
कम्पनीले होण्डा गाडीका ग्राहकहरूलाई मध्यनजर गरी विराटनगर धरान इटहरी, दमक, विर्तामोड लगायत सहरलाई लक्षित गरी ३ दिनको कार्यक्रम विराटनगरस्थित होण्डा अथोराइज्ड सर्भिस सेन्टर सुवध अटो सर्भिस सेन्टरमा सम्पन्न गरेको हो।
जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडिएस स्क्यानका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रि कल अन्र्तगत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ।