नेपालमा हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर र चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरू मध्ये एक बनेको छ।
कम्पनीको अनुसार नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शंका भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ।
धेरैलाई इभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गरेको देखिन्छ।
तर, हुन्डाईले देशमै क्रेटा आइसिई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ। क्रेटा इभी र आइसिई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले कुनैपनि समस्या नहुने कम्पनीले बताएको छ।
साथै हुन्डाईले इभी इकोसिस्टमलाई पनि अझै मजबुत बनाउन रि-लक्स चार्जिङको नेटवर्क विस्तार गर्दैछ जस अन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउहरूमा रि-लक्स डिसी र एसी गरी ६६ चार्जर सुरू भइसकेको छ।
त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आइसिई) र इभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।
सोही अभियान अन्तर्गत कम्पनीले वैशाख २९ गते पिनाकल ट्रेडिङ प्रा. लि. ( हुन्डाईको आधिकारिक डिलर) मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरेको हो।
यस कार्यक्रमले सहभागीहरूबाट राम्रो प्रतिक्रिया पाएको छ।
कार्यक्रम स्थलबाट ५ वटा क्रेटा इभी ग्राहकहरूलाई गरिएको छ।
कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन्।