नेपालका लागि टाटा ग्रीन ब्याट्रीजको आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि.ले पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेक अप शिविर सञ्चालन गर्न गइरहेको छ।
शिविर मंगलबारबाट सुरू हुने बताइएको छ।
उक्त शिविरमा ग्राहकहरूले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।
साथै, सहभागीहरूलाई टाटा ग्रीन ब्याट्रीज खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा गिफ्ट सामग्रीहरू पनि वितरण गरिनेछ।
शिविरको तालिका यस्तो छः
वैशाख ३० गते- श्रेष्ठ ट्रेडर्स, बर्दिबास
वैशाख ३१ गते- स्टार जनरल सप्लायर्स, बजरंग चौक
जेठ १ गते- श्री जानकी ट्रेडर्स, भानुचोक
जेठ २ गते- रोशन ट्र्याक्टर पार्ट्स, पिडारीचोक
लक्ष्मी अटोकम्पले यस शिविरमार्फत ग्राहकहरूसँगको सम्बन्ध अझ सशक्त बनाउने र ब्याट्रीसम्बन्धी सचेतना फैलाउने उद्देश्य राखेको छ।
कम्पनीले आगामी दिनहरूमा पनि यस्ता ग्राहक केन्द्रित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने योजना बनाएको बताएको छ।