बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले 'बजाज ग्रान्ड कार्निभल' योजना ल्याएको छ।
कम्पनीले वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको 'बजाज ग्रान्ड कार्निभल' मार्फत ग्राहकहरूले २० भन्दा बढी भ्यालुएटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुएसन, अन द स्पट फाइनान्स तथा निःशुल्क एसोसेरिज पाउने कम्पनीले जानाएको छ।
साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपूर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आय स्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउनेछ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ।
साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ भने ग्राहकहरूको लागि गेम जोन, टेस्ट राइड पनि रहेको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको बजाज ग्रान्ड कार्निभल नेपालको वृहत मोटरसाइकल एक्सचेन्ज योजना रहेको कम्पनीको भनाइ छ।
यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका मोटरसाइकलहरू ग्राहकहरूलाई आफ्ना पुराना बाइकहरूको उच्चतम मूल्यांकन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गर्दछ।