नेपालमा लिपमोटर सवारी साधनको एकमात्र अधिकृत आयातकर्ता सांग्रिला मोटर्सले आगामी एनएआइएमए मोबिलिटी शोमा बहु प्रतीक्षित लिपमोटर सार्वजनिक गर्ने घोषणा गरेको छ।
जसले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता अझ बलियो बनाउने कम्पनीको भनाइ छ।
२१ औं शाङ्ग्हाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी–अटो शाङ्ग्हाई २०२५ मा अन्तर्राष्ट्रिय रूपमा डेब्यु गरेको बी १० अब विश्वव्यापी बजारमा प्रवेश गर्न तयारी अवस्थामा छ।
ती मध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको छ।
लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी १० वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरू लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट समिश्रण प्रदान गर्दछ।
सो गाडीको विशेषताहरू एनएआइएमए मोबिलिटी शोमा सार्वजनिक गरिनेछ।