नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले दिपल इभीहरूलाई पोखरामा सार्वजनिक गरेको छ।
शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय विन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरे।
दिपल इभी सार्वजनिक गर्दै मन्त्री विन्दु कुमार थापाले पोखरामा चांगानको सफलताको कामना गरे। साथै, उनले चांगान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
त्यसैगरी, दिपल इभीका ब्रान्ड एम्बेस्डर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल इभी भ्यालु फर मनि भएको बताए।
'यसमा यति धेरै फिचरहरू छन् कि जुन अझै पनि अन्य ब्रान्डका इभीमा उपलब्ध छैन,' उनले भने, 'म दिपलको पर्फमेन्सबाट पूर्ण रुपमा सन्तुष्ट छु। म पोखरालाई आफैं आएर दिपलको प्रविधि र फिचरको फस्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु।'
चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन्।
'औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौं,' उनले भने।
त्यसैगरी, चांगान नेपालका मार्केटिङ हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए।
'चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ। नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लु गर्व गर्छ,’ उनले भने, ‘नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सयभन्दा दिपल बिक्री भएका छन् र ग्राहकहरू सबैजना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट छन्।'
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको बताइएको छ।
एमएडब्लु वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन्।
जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य ७१ लाख ९९ हजार रूपैयाँमा खरिद गर्न सकिनेछ।
साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रूपैयाँमा खरिद गर्न सकिनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाइनेछ।
ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन्। यसबाहेक 'अनस्पट फाइनान्सिङ' र 'अनस्पट डेलिभरी' पनि लिन सक्नेछन्।