ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले धुलिखेलको प्रख्यात अफ–रोड ट्र्याकमा 'डर्ट टेम्पल एन्ड जेइको अफ–रोड ट्रेल एडभेन्चर' सफलतापूर्वक सम्पन्न गरेको छ।
गत शुक्रबार आयोजित उत्साहजनक च्यालेन्जद्वारा नेपालको पहिलो इलेक्ट्रिक अफ–रोड एसयुभी जेइको जे सिक्सको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ।
यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने प्रमाणित भएको छ।
धुलिखेलमा सम्पन्न कार्यक्रममा अफ–रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रह्यो। साथै, विशेष रूपमा तयार गरिएको अफ–रोड ट्र्याक मुख्य आकर्षण रह्यो।
ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, स्पिडब्रेकर, टाइट टर्निङ, खाल्डाखुल्डी आदि समेटिएको थियो। यही ट्र्याकमा जे सिक्सले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो।
जेइको जेसिक्सले यी सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गर्यो। २०० मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी सस्पेन्सनको साथ, गाडीले प्राय सवारीहरूलाई कठिन हुने अवरोधहरूलाई सहजै पार गर्यो।
२२० न्यूटनमिटरको शक्तिशाली टर्क र १३५ किलोवाटको मोटर पावरले गर्दा चुनौतीपूर्ण मोड तथा उकालो ओरालोका अवरोधहरू बिना कठिनाई पार भयो।
जे सिक्समा रहेको ६५ किलोवाटआवरको ब्याट्रीले ट्र्याकलाई पटकपटक छिचोल्न पुग्ने गरी, ४०० किलोमिटर भन्दा बढीको इस्टिमेटेड रेन्ज प्रदान गर्यो। जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन, टाइट टर्निङ र ड्रिफ्टिङको लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ।
एसपिजी अटोमोबाइल्स, नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ। जेइको जेसिक्स, प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ–रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभीको रूपमा स्थापित भएको बताइएको छ।