दिपल र अवतार नामक नयाँ ब्राण्डहरूको नेतृत्व गरेको चांगन अटोमोबाइलले यस वर्ष अहिलेसम्म लगभग १७ लाख थान कार बिक्री गरेको छ।
कार चाइना न्युजका अनुसार कम्पनीको आम्दानी ७६.७ अर्ब युआन (१० अर्ब ७७ करोड अमेरिकी डलर) अर्थात् करिब १४ खर्ब ३२ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ जुन वार्षिक प्रतिवेदन अनुसार यस वर्ष १७ प्रतिशतले बढेको हो।
ग्राहकको पहिलो छनोटको रूपमा दिपलको लोकप्रियताले सम्भवतः नवीन, दिगो र ग्राहक–केन्द्रित सवारी साधनहरू बनाउने चांगनको बृहत्तर दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।
ग्राहक सन्तुष्टिको लागि चांगनको प्रतिबद्धता आफ्टर सेल्स सर्भिस, वारेन्टी कार्यक्रम र डिजिटल कनेक्टिभिटी सुविधाहरू जस्ता क्षेत्रमा देखिने छ।
दिपल मोडेलहरूमा अत्याधुनिक सुविधा र प्रविधिहरू समावेश छन् जुन सम्भवतः उन्नत र वातावरणमैत्री सवारी साधन खोज्ने उपभोक्ताले मन पराउने छन्।
चांगनले दिगो प्रविधिमा उच्च आरएण्डडी लगानी गरेका कारण यो उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको भनाइ छ। आरएण्डडी विकासमा गरिएको ठूलो लगानीको साथले नै चांगनको आम्दानी १७ प्रतिशतले बढेर १० अर्ब ७७ करोड अमेरिकी डलर पुगेको छ।
अहिले कम्पनीसँग संसारभरका ३० देशहरूका १७ हजारभन्दा बढी प्राविधिकहरू रहेका छन् भने ६ देशका १० स्थानहरू; हेबेइ चोंगकिंग, बेइजिङ, सांघाइ र डिंगजोउ, अन्हुइमा हेफेइ, इटालीको टुरिन, जापानको योकोहामा, बेलायतको बर्मिघम, अमेरिकाको डेट्रोइट र जर्मनीको म्युनिखमा आरएण्डडी केन्द्रहरू स्थापना गरिएका छन्।