पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले एक समारोहकाबीच अफरोडर एसयुभीका साथै ओमोडा इ५ डिलक्स औपचारिक रुपमा सार्वजनिक गरेको छ।
पोखरामा आयोजित कार्यक्रममा जेको जे६ औपचारिक रूपमा सार्वजनिक गरियो भने ओमोडा इ५ को अर्को भेरिएन्ट ओमोडा इ५ डिलक्स समेत सार्वजनिक गरियो।
इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले भने 'हामीले ओमोडा इ५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका छाैं। ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै इभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउन हामी प्रतिबद्ध छाैं।'
पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान–स्टप सुविधा उपलब्ध गराएको छ।
इलाइट मोटर्सका पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा चार्जिङ स्टेसन विस्तार गरिने बताइएको छ।
नेपालका लागि ओमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सको पोखराका लागि आधिकारिक वितरकको रुपमा इलाइट मोटर्सले कार्य गरिरहेको छ र विगत १४ वर्षदेखि पोखरेली ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको छ।
प्रोडक्ट लन्च इभेन्टमार्फत ओमोडाको अत्याधुनिक विद्युतीय गाडीका साथै जेकोको अद्वितीय अफरोड अनुभव उपलब्ध गराउने उद्देश्य राखिएको थियो।
ओमोडा इ५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रूपैयाँबाट प्रारम्भ हुन्छ।
ओमोडा इ५ नेपाली बजारमा उपलब्ध प्रमुख इभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ।
जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रूपैयाँ छ र थप ३ लाख रूपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध छ।
यसले ४०० किलोमिटर (डब्लुएलटिपी) रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ। यसले शून्य देखि १०० किलोमिटर दुरी १०.५ सेकेन्डमै पार गर्छ।
यसमा ६ एयरब्यागका साथै लिथियम आइरन फस्फेट ब्याट्री छ।
यसका साथै यो गाडीमा प्यानोरामिक सनरुफ, १५.६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको छ।