काठमाडौंमा मंगलबारदेखि नाडा अटो शो सुरू भएको छ।
भृकुटीमण्डपमा मंगलबारदेखि भदौ १६ गतेसम्म यो शो चल्नेछ।
उक्त शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका छन्। शोमा विभिन्न ब्रान्डका गाडीहरू देखाइएका छन्। केही नयाँ गाडीहरू पनि सार्वजनिक गरिएका छन्।
प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलाई समूह अनुसार छुट्टाइएको छ।
नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विशेष योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२४ ले सकारात्मक ऊर्जा एवं नविनतम् प्रविधिहरूको साक्षात्कार गराउने आयोजक नाडाको विश्वास छ।
तस्बिरहरू: