गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले निःशुल्क नेपाली भाषा कक्षा सञ्चालनको सुरूआत गरेको छ।
हरेक आइतबार दुई वटा कक्षा सञ्चालन भइरहेको छ।
एनआरएनए जर्मनीको भाषा तथा बालबालिका संयोजक सुनिता राईले हरेक आइतबार जुममार्फत् दुई वटा कक्षा सञ्चालन गर्दै आएकी हुन्। जसमा ४५ जनाभन्दा बढी बालबालिका सहभागी छन्।
राई जर्मनीको ह्याम्बर्गमा जर्मनी स्कुलमा विगत ८ वर्षदेखि कार्यरत छन्। विदेशमा बच्चा जन्मिएपछि भाषागत समस्या हुने भएकाले नेपाली भाषा उनीहरूलाई सिकाउनुपर्छ भनेर यो कार्यक्रम सुरू गरेको उनले बताइन्।
ह्याम्बर्गमा नेपाली पाठशाला २०१९ देखि सञ्चालन हुँदै आएको छ। संघका पूर्वअध्यक्ष विजय मोक्तान र अहिलेको अध्यक्ष निनम्मा राईले भाषा कक्षा सञ्चालनका लागि व्यवस्था मिलाएका हुन्।