बेलायतकी राजकुमारी केटलाई क्यान्सर भएको सार्वजनिक भएको छ।
गत जनवरीमा पेटको समस्या देखिएको भन्दै अस्पताल भर्ना भएकी केटले आफूलाई क्यान्सर भएको सार्वजनिक गरेकी हुन्।
अस्पताल भर्ना भएको तीन महिनापछि शुक्रबार उनले एक भिडिओ सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी थिइन्। जसमा उनले आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार चलिरहेको बताएकी छन्।
‘म ठीक छु। चाँडै स्वस्थ हुनका लागि आवश्यक पर्ने कुराहरूमा ध्यान दिइरहेकी छु,’ उनले भिडिओ सन्देशमा भनेकी छन्।
४२ वर्षीया केट क्रिसमसदेखि कुनैपनि सार्वजनिक कार्यक्रमहरूमा देखिएकी थिइनन्।
केन्सिङ्टन प्यालेसले केटलाई क्यान्सर नभएको र सामान्य शल्यक्रिया गरिएको बताउँदै अप्रिलसम्म कुनैपनि सार्वजनिका कार्यक्रमहरूबाट टाढा राख्ने जानकारी दिएको थियो।
शुक्रबार सार्वजनिक भएको भिडिओमा केट आफ्ना श्रीमान प्रिन्स विलियमसँग एक फार्महाउस नजिकै हिँडिरहेको दृश्य थियो।
त्यसअघि उनका पिता राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको थियो।
त्यसपछि संवैधानिक कामकारबाही नरोक्ने गरी उनले आफ्नो सार्वजनिक कामलाई स्थगित गरेका थिए।