गैरआवासीय नेपाली संघ एनआरएनएको उपाध्यक्ष पदमा चिरञ्जीवी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी अक्टोवर १९ मा हुने संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनका लागि उनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
संघभित्र केही वर्षदेखि देखिएका विभिन्न चुनौतीहरू र विभाजनलाई मिलाउँदै संस्थागत रूपान्तरण गरी सबैको साझा घर बनाउने वातावरण निर्माण गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।
घिमिरेले एनआरएनए आइसिसी २०२१ २०२३ को निर्वाचनबाट सचिवको भूमिका निर्वाह गरिसकेका छन्।
जिम्मेवारी निर्वाह गर्दा एकता, सहमति र सहकार्यका लागि उल्लेखनीय योगदान पुर्याएको उनको तर्क छ।
'मैले सबैबाट अमूल्य मतको अपेक्षा गरेको छु,' उनले भने।