गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा जापानबाट सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३-०२५ का लागि कोषाध्यक्ष पदमा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनी एनआरएनए जापानका पूर्वअध्यक्ष पनि हुन्। उनले एनआरएनए युथ कोअर्डिनेटरको जिम्मेवारी पनि थिए।
उनी जापानमा विगत १६ वर्षदेखि व्यवसाय गर्दै आएका छन्।
सन् २००८ बाट एनआरएनए जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन्।
रामेछापका उनी अध्ययनका लागि जापान गएका थिए। ४ वर्ष जापानमा अध्ययन गरि रेस्टुरेण्ट व्यवसायमा लागेका थिए । अहिले उनी रेस्टुरेण्ट, रेमिट्यान्स, रिकुईटमेन्ट लगाएतका व्यवसायमा छन्।
संस्थालाई कृयाशिल, व्यवस्थित र पारदर्शी बनाउन विश्वासका साथ काम गर्ने उद्धेश्यले कोषाध्यक्षमा उम्मेदवारी दिने थापाले बताए।
अक्टोवर १७-१९ काठमाडौंमा हुने एनआरएनए निर्वाचनमा कोषाध्यक्ष पदका लागि यसअघि दुबईबाट ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरिसकेका छन्।