गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार (आज) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै डा. केसीले उम्मेदवारी घोषणा गरेका हुन्।
एनआरएनएको वर्तमान कार्यसमितिको उपाध्यक्षसमेत रहेका केसीले संस्थालाई अझ उचाइमा शसक्त भूमिका खेल्ने बताए।
गैरआवासीय नेपालीको हकहितका लागि आफूले सक्दो पहल गर्दै आएको उनले बताए।
‘विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउने संस्थागत प्रयास भएका छन्। संघमार्फत सामाजिक र परोपकारी कार्यमा योगदान र पहलभएका छन्। १० अर्ब लगानीको कोषको माध्यमबाट विदेशमावाभनौँ मध्यपूर्वका खाडी मुलुक एवं मलेसियालगायत मुलुकमा रहेका गैरआवासीय नेपालीको सानो पूँजीलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनेको छ,’ उनले भने।
वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानका लागि सरकारको साझेदारीमा नीति निर्माणमा उल्लेख्य काम गर्न सफल भएको उनको दावी छ।
कोरोना महामारीकाबीच संघले विदेशमा ५० देशमा रहेका दुई लाखबढी नेपालीलाई सहयोग र उद्धार गरेको उनले बताए। अप्ठ्यारो परेका नेपालीलाई प्रत्यक्ष सहयोग गर्न पाउनु अवसरका रुपमा लिएको डा. केसीले बताए।
उनकै नेतृत्वमा नेपालमा स्वास्थ्य सम्बन्धी राहतका सामग्री अक्सिजन सिलिन्डर तथा कन्स्नरटेटर ल्याइएको थियो भने सात वटै प्रदेशमा एक–एक अक्सिजन प्लान्ट स्थापना हुँदैछ।
यस्ता छन् डा. केसीका प्रतिबद्धता:
व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी
- वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित,मर्यादित र सुरक्षितबनाउन नेपाल सरकार, गन्तव्यमुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने।
- वैदेशिक रोजगारीमाजाने श्रमिकहरुका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने।
- विदेशमा रहेका नेपाली श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा सहभागी गराउने।
- अन्र्तराष्ट्रिय श्रमबजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गर्ने।
- वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न पैरवी गर्ने।
- विदेशमा रोजगारी गुमाई नेपाल फÞर्किएकाहरुको सीप र क्षमताअनुसार नेपालमै रोजगारीको अवसर दिलाउन सरकारसँग समन्वय गर्ने।
-
- सुरक्षित, मर्यादित र सम्मानजनक वैदेशिक रोजगारीका लागि कूटनीतिक पहल गर्न सरकारलाई झकझक्याउने।
- नेपालीहरुले विदेशमा भोग्नुपरेका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले स्थापना गरेको कोष थप वृद्धि गरी कार्यक्रम ल्याइने।
- जोखिमपूर्ण रोजगारीमा जाने व्यक्तिहरुलाई विशेष बीमाको व्यवस्थापन गर्न सरकारसँग नीतिगत पहल गर्ने।
- रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरुको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्चसरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था मिलाउन पहल गर्ने।
- युरोपेली, अमेरिकीओसेनीया क्षेत्र एवंजापान, हङकङ, दक्षिण कोरिया लगायतका देशसहित नयाँ आकर्षक गन्तव्यको पहिचान गरी श्रम सम्झौत गर्न सरकारसँग समन्वय गर्ने।
- नेपालमा लगानी तथा एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना भएको उक्त फण्डलाई आगामी दिनमा थप बृहत बनाउने।
- वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्ने।
- गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न सरकारसँग पहल गर्ने।
संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण
- संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरु पूर्ण कार्यान्वयनमा ल्याउने।
- हाल ४० प्रतिशतले वृद्धि भएको संघको पञ्जिकृत सदस्यतालाई वृद्धि गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई एक सुत्रमा बाँध्नेगरी सञ्जाल विस्तार गर्ने।
- १८३ दिनभन्दा बढी विदेश बस्ने नेपालीहरुलाई गैरआवासीय नेपाली परिभाषित गर्ने तथा विद्यार्थीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषामा समेट्न पहल गर्ने।
- संस्थाको निर्वाचनमा विश्वभरका सबै पञ्जिकृत सदस्यले मतदान गर्न सक्ने व्यवस्थालाई विधानतः सरल बनाउने।
- अघिल्लो कार्यकालमा सुरु भएको स्मार्ट एनआरएनए कार्यक्रम सुधार गर्दे पूर्णता दिइने।
हकहित तथा अधिकार
- सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नागरिकता लगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन पहल गर्ने।
- विदेशमा बस्ने नेपालीहरुलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन पहल गर्ने।
- गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन सरकारसँग पहल गर्ने।
- राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचितअध्यक्षलाई नेपाल सरकारको अवैतानिक वाणिज्य दूतको रुपमा मान्यता दिन नेपाल सरकारसँग गर्ने।
- बेलायत लगायतका विभिन्न देशमा कार्यरत भूपुगोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र अधिकारको मागलाई पूरा गर्न पहल गर्ने
ज्ञान, सीप र प्रविधिसहितको एनआरएनए
- संशोधित विधानमा व्यवस्थाभएको एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ स्थापना गरी सक्रिय रुपमा सञ्चालन गर्ने।
- ज्ञान तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामुलक बनाई निरन्तरता दिने।
- नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाइनेछ।
- अन्तर्राष्ट्रिय थिंक ट्यांकहरूसँग सहकार्य लगायतका गतिविधि अगाडि बढाएर नेपाल बौद्धिक प्रतिभाहरूको मुहान तथा गन्तव्य दुवै हो भन्ने सन्देश प्रवाह गर्ने।
- एनआरएनए फाउण्डेशन
- राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थाहरूसँग आवधिक कार्ययोजनाका साथ सहकार्य गर्ने।
- सहयोगपूर्ण सहभागिता र योगदानएवं कदर लगायत विभिन्न स्कीमहरू ल्याउने।
- फाउन्डेसन सचिवालय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय कार्यालयहरूको स्थापना गर्ने।
- पर्यटन प्रवद्र्धन
- नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न पुलको रुपमा भूमिका निर्वाह गर्ने।
- नेपाल सरकारले पर्यटन गन्तव्यका रुपमा अघि सारेका स्थानमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने।
- कोरोना महामारीका कारण प्रभावित पर्यटन प्रवर्धनलाई सकारात्मक सन्देश प्रवाहगर्दै पुनः स्थापित गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने।
युवा, महिला तथा दोस्रो पुस्ता
- गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई नेपालसँग जोड्न र अपनत्व महसुस गराउन विभिन्न कार्यक्रम गर्ने।
- युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष कार्यक्रमबनाई वार्षिक क्यालेन्डरमा समेट्ने।
- गैरआवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रियतथाअन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको सुनिश्चितता नर्गे
- गैरआवासीयनेपाली खेलकुद प्रतिष्ठान स्थापनालाई अघि बढाइनेछ ।
- दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघमा आबद्द गर्न विधानमा संरचना ल्याइने।
अन्तर्राष्ट्रिय संघ—संस्थाहरुसँग सहकार्य
- कोरोना लक्षित राहततथा उद्दारका कार्यक्रम अघि बढाउन संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)सँग गरिएका सम्झौतालाई कार्यान्वयनगर्दै थप कार्यक्रम ल्याउने