गैर-आवासीय नेपाली संघ (एनआरएन-ए)का अध्यक्ष भवन भट्टले पुनः सो पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
भट्ट जापान बस्ने गर्छन्। उनले बुधबार यसको घोषणा गरेका हुन्। उनी २०११ मा एनआरनको कोषाध्यक्ष बनेका थिए।
सन् २०१३ मा उपाध्यक्ष बनेका भट्ट सन् २०१७ मा शेष घलेकी श्रीमती जमुना गुरूङ्लाई पराजित गर्दै अध्यक्ष बनेका थिए।
एनआरएन अध्यक्षको कार्यकाल दुई वर्षको हुनेगर्छ।
बुधबार फेसबुक लाईभमार्फत पुनः उम्मेदवारी नदिने घोषणा गर्दै भट्टले गैर आवसिय नेपालीले दिएको जिम्मेवारीको जोडघटाउ गरिरहन नसक्ने बताउँदै उनले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरूको चर्चा गरेका छन्।
उनले नेपालमा एनआरएन-एको केन्द्रिय कार्यालय भवन निर्माण, शंखमूल घाट उद्यानको काम, एकिकृत लाप्राक बस्ती निर्माण, पहिलो बौद्धिक सम्मेलन, लगानी सम्मेलनको भव्यताका साथ सम्पन्न गर्ने काम गरेको उल्लेख गरे।
त्यसैगरी उनले आफूलाई आफ्ने मूल्यांकनमा ठिकै रेटिङ गर्ने बताए। उनले आफ्नो काम गर्दा कुनै कमी नगरेको दाबी गरे।
एनआरएनको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ ।
(यसअघिको समाचारमा उम्मेदवारी नदिने हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याइएको छ-सम्पादक )