गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा लोकेन्द्र नेपाल सर्वसम्मत चयन भएका छन्।
लुभेनमा सम्पन्न संघको १०औं राष्ट्रिय महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
संघका महिला उपाध्यक्षमा ईश्वरा शर्मा तथा अन्य दुई उपाध्यक्षमा रामबहादुर पुन र इन्द्रकमल राजभाट निर्विरोध निर्वाचित भए।
महासचिवमा दीपक राउत, महिला सचिवमा रश्मी निरौला र सचिवमा दीर्घबहादुर मल्ल पनि निर्विरोध चयन भए।
कोषाध्यक्षमा सुरज खरेल र सह–कोषाध्यक्षमा विनोद शाही, युवा संयोजकमा बिनेश थापा तथा महिला संयोजकमा सरिता पौडेल धमला चयन भए।
त्यस्तै, क्षेत्रीय संयोजकहरूमा लुभेनका लागि रोजन भट्टराई, गेन्टका लागि सुमन कोइराला, आन्ट्रोपका लागि अशोका केसी, ब्रसेल्सका लागि शैलजा शर्मा सापकोटा, ब्रुगेका लागि जीवन शर्मा र भेष्टण्डेका लागि कैलाश डाँगी चयन भएका छन्।
सदस्यहरूमा ध्रुव सिम्खडा, तुमलाल रञ्जन सिम्खडा, टीका चापागाईं, रमेश पौडेल, चाँदनी खड्का, आशिष गुरुङ र अनिता आचार्य निर्विरोध चयन भएका हुन्।
यसैगरी, संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा किशन केसी चयन भएका छन्।