ट्वाइलेटमा क्यामेरा राखेर आफुले हेर्ने आरोप लागेका नेपाली बिद्धार्थीलाइ अष्ट्रेलियन सरकारले जेल चलान गरेको छ। आफुले काम गर्ने ठाउँको ट्वाइलेटमा भिडियो क्यामरा राखेको आरोपमा अष्ट्रेलिया पुगेका नेपाली बिद्धार्थी विवेक गुराँगाइ पक्राउ परेका थिए।
पक्राउ पछि अस्ट्रेलियन सरकारले उनको भिषा रद्द गर्दै छ महिना जेलसजाय तोकेको छ। ६ महिना जेल सजाय सकिएपछि उनलाइ नेपाल फर्काइने बताइएको छ। सिडनीको सरहिल्समा रहेको उलवर्थ सपीङ सेन्टरमा कार्यरत विवेकले ट्वाइलेटमा क्यामरा राखेर त्यसको फील्माकंन आफुले हेर्ने गरेको आरोप लागेको थियो।
२४ बर्षिय नेपाली बिध्यार्थी विवेकले छ महिना भिल्लाउड डिटेन्सन सेन्टरमा बिताउनु पर्ने छ त्यसपछि उनलाई प्रहरीको निगरानीमा नेपाल फर्काइने भएको छ। एक महीला कामदारले स्टाफ ट्वाइलेटमा क्यामरा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन।
त्यसपछि छानबिनको दौरान विवेकले त्यो क्यामरा राखेको छानबिनमा पत्ता लागेको सिडनी प्रहरीले जनाएको छ। विवेकको मोबाइलमा गत अप्रीलदेखि जुनसम्मका करिब २ सय ५० वटा महिलाहरुको भिडियो फुटेजको फाइल भेटिएको प्रहरीले जनाएको छ।
उनलाई नौ महिनाको जेलसजाँय मागिएको थियो। 'म त्यो क्षणलाई संझन्न चाहन्न त्यसैले यसको सजाँय भोगिरहेको छु' विवेकले अदालतमा लिखित जवाफ दिदै भनेका छन। 'अरु कसैले म र मेरो परिबारमाथि त्यसो गरेको भएपनि त्यो क्षमायोग्य हुदैनथ्यो।' उनले अगाडी बताएका छन। युवा जोश र एकल परिवेशको खराब उपजका रुपमा मैले गल्ती स्वाकारेको विवेकले अदालतसामु बताएका थिए। छ महिना जेलसँजायका लागि विवेकलाई बुधबार भिल्लाउड जेल चलान गरिएको छ।