पछिल्लो आरोप-प्रत्यारोपले तातेको सेलाउन नपाउँदै अस्ट्रेलियास्थित नेपाली राजदूतावास फेरि एक पटक अस्ट्रेलियन सरकारको जरिवानाले हंगामा मच्चाएको छ।
क्यानबेरास्थित राजदूतावासका दुई गाडीले यस वर्षमात्र गलत पार्किङ गरेका कारण लगभग दुई लाख नेपाली रुपैयाँ जरिवाना भर्नु परेको छ।
क्यानबेरास्थित क्यानबेरा टाइम्सले निकालेको एक समाचारमा सडकका पेटीमा गलत पार्किङ गरी जरिवाना तिर्ने राजदूतावासहरूको सूचीमा नेपाल अग्रस्थानमा रहेको छ।
हुन त यो सूचीमा धेरै गाडी भएको रसियाले करिब २२ हजार डलर बराबरको जरिवाना तिरेको छ भने इजिप्टले १२ हजार डलर पार्किङ जरिवाना तिरेको छ। नेपाल भने अस्ट्रेलियाको राजधानी क्यानबेरा र त्यस वरिवरि क्षेत्रमा गलत पार्किङ गर्ने विदेशी कुटनीतिक नियोगहरूमा १२ औं नम्बरमा रहेको छ।
नेपाल जस्तो सानो राजदूतावासमा गाडी पनि दुइटा मात्र रहेका छन्। तर अन्य राजदूतावासको तुलनामा यो नगन्य हो।
नेपाली राजदूतावासका कर्मचारीहरूले १५ गल्ती गरेका र त्यसबापतको जरिवाना दुई हजार ७४ डलर रहेको छ।