आरोप र प्रत्यारोपबीच अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि शनिबार काठमाडौंतर्फ लागेकी छिन्।
अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन्। त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको हो।
छोटो समयमा कुतनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिपछि यो विषय निकै गम्भीर बनेको हो।
मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन्।
आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले सेतोपाटीसँग आरोप लगाउनुको कराण बताए।
राजदुतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ।
बिभीन्न सञ्चारमाध्यममा राजदूतका विषयमा आरोप आउन थालेपछि मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।
‘बिभिन्न मिडियामा आएका विषयमा हामीले सत्यतथ्य बुझ्न उनलाई काठमाडौं बोलाएका हौ,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सेतोपाटीसँग भने।
मन्त्री ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आरोपका विषयमा स्वयम् राजदूतसँगै कुरा गरेर सत्य तथ्य पत्ता लगाउने र उनीमाथि लागेको आरोपका विषयमा समेत जानकारी मागीने बताए।
यसैबीच राजदूत शेरेपाले आफू काठमाडौं जान लागेको बताइन्।
‘मिडियामा एकोहोरो आरोप मात्र आउन थालेपछि यस विषयमा मन्त्रालयलाई जानकारी दिन म स्वयम् नेपाल जान लागेका् हुँ,’ शेर्पाले सेतोपाटीसँग भनिन्।