नेपालीको स्वामित्व रहेको सिड्नीमा सञ्चालित फ्यूचर कलेजलाई अस्ट्रेलियन स्कील क्वालीटी अथोरिटी (एएसक्युए) ले रद्द गर्ने निर्णय गरेको छ।
अस्ट्रेलियन सरकारको शिक्षा सम्वन्धी महत्वपूर्ण निकायका रूपमा रहेको एएसक्यूएले कलेजले अनुमतिको मापदण्ड नपुर्याएका कारण देखाउँदै कलेज रद्द गर्ने निर्णय हो।
कल्पना भण्डारी प्रमुख कार्यकारी र निर्देशक रहेको कलेजमा नेपाली विद्यार्थीको बाक्लो उपस्थिति छ। यस कलेजले भेट कोर्स अन्तर्गत डिप्लोमा र एडभान्स डिप्लोमाका कोर्सहरू पढाउने गर्छ।
सरकारी निकायले कलेजको सम्वन्धन रद्द गरे पनि यो ३५ दिनपछि मात्र लागू हुने र त्यतीन्जेलसम्म सन्चालकले आफ्नो कमजोरी सच्चाउने र माथिल्लो निकायमा अपीलका लागि समय पाउनेछ।
अष्ट्रेलियामा सञ्चालित भेट कलेजहरूको मनपरी बढ्न थालेपछि सरकारले यसमाथि अंकुश लाउन सुरू गरेको छ।
जसअनुरूप सन् २०१५-१६ मा ६९ वटा भेट कलेजको सम्बन्धन रद्द गरिएको थियो भने यो रेट बढेर सन् २०१७ -१८ मा अझसम्म ३ सय २२ कलेजको सम्बन्धन रद्द गरिएको छ।
जुलाई २०१८ सम्मको रेकर्ड हेर्ने हो भने करिब १५ हजार नेपाली विद्यार्थी भेट कोर्स अन्तर्गत बिभिन्न कलेजमा पढिरहेका छन्।
कलेजको अडिटीङका दौरान आवश्यक कागजात र प्रमाण पुर्याउन नसक्दा बिभिन्न कलेजको सम्बन्धन रद्द गर्ने गरिन्छ।
सीडनीका कानुन ब्यवसायी खीलेन्द्रराज तिम्सिनाले ट्यूसन प्रोटेक्सन सेन्टरले विद्यार्थीको भविश्य सुनिश्चित गर्ने हुनाले कलेज बन्द हुँदैमा केही फरक नपर्ने बताए।
कलेज खोल्दा विद्यार्थीको हितका लागि आवश्यक पूर्वाधारसहित खोल्नुपर्ने उनले सुझाव दिए।