नेपालको एक मात्र अन्तर्राष्ट्रय विमानस्थलमा सोमबार बेलुका ६ बजेपछि देखिएको अवस्थामा मलाई मेरो देशको विमानस्थल भन्न लाज लागेर आयो।
‘पर्यटन विकास र सम्भावनाको बहस गर्ने नेताहरुले बिमानस्थलमा पर्यटकको बेहाल किन देख्दैनन्,’ मनमनै प्रश्न उठ्यो अनि रिस पनि। चार घन्टाको बिचमा भएका १४ अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्ने विभिन्न यात्रुहरू खचाखच थिए।
विमानस्थल पुरै अस्तब्यस्त थियो। अध्यागमन कटेपछि करिब एक घन्टेलाइन थियो। सेक्युरीटी चेकपछि वेइटिङ रूमको कुरै बेग्लै। बस्ने सिटको कुरै छाडौ, उभिने ठाउँसम्म थिएन। लाग्दै थियो- म कुनै राजनीतिक दलको आमसभामा छु।
एउटा काउन्टरबाट अर्को काउन्टरमा पुग्न घचेडाघचेडी नै गर्नुपथ्र्यो। हिड्ने बाटोमा पर्यटकहरू झोला बिसाएर चिसो भुइमा बस्न बाध्य थिए। यतिधेरै अन्तर्राष्ट्रिय उडानमा आन्तरिक ब्यवस्थापन शून्य थियो। यदाकदा फलानो एयरलाइन्स फलानो गेट भनेर कराइरहेको भने सुनिन्थ्यो है। तर, सेक्युरीटी चेकमा पनि महिलातर्फ खाली र पुरूषतर्फ सयौको भीड प्रष्टै देखिन्थ्यो।
विमानस्थलका कर्मचारीले उचित ब्यवस्थापन गर्न सकेका थिएनन्।
सबैभन्दा दुर्दशा त प्रतिक्षा गृहको थियो । बिचरा पर्यटक प्लेनको प्रतिक्षाभन्दा आफ्नो प्रतिरक्षामा ब्यस्त थिए। न झोला राख्ने ठाउँ छ न बस्ने ठाउँ नै।
हाम्रा बिमानस्थलका हाकिमले अन्तर्राष्ट्रिय उडान तालिका र त्यसको ब्यवस्थापन गर्न नसक्दा विमानस्थलको बिजोग देखिन्थ्यो।
हेर्नुहोस् केही तस्बिर र भिडियोhttps://www.facebook.com/setopati/videos/1646084882128745/