अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई कडा चेतावनी दिएका छन्। उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र पीरिक्षणका कारण विश्वलाई खतरा तर्फ उन्मूख गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
मंगलबार संयुक्त राष्ट्र संघको महासभामा बोल्दै ट्रम्पले हालसम्म अमेरिकाले ठूलो धैर्य गरिरहेको बताए। ‘आफ्नो र अन्य सहयोगी राष्ट्रको रक्षार्थ पनि अब किम जोन उनको सत्ताविरुद्व कारबाही गर्न बाध्य हुने छौ। यो सैन्य कारबाहीले उत्तरकोरिया पूर्ण रुपमा ध्वस्त हुनेछ,’ उनले भने।
उत्तर कोरियाली नेता किमलाई 'रकेट म्यान' को संज्ञा दिँदै ट्रम्पले किमले आत्महत्याको बाटोतिर उन्मुख भइरहेको र त्यो दिन छिट्टै आउने बताए।
प्योङयाङले गरेको छैठौ शक्तिशाली क्षेप्यास्त्र परीक्षणपछि ट्रम्पको यो चेतावनी पहिलो पटक आएको हो। यद्यपी उनले तुरून्तै सैन्य आक्रमण गरिहाल्नेबारे भने कुनै संकेत गरेनन्।
ट्रम्पको उत्तर कोरियाप्रति सैन्य कारबाहीको चेतावनी दोहोरिएको भन्दै केही विश्लेषकहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।
‘मलाई लाग्दैन ट्रम्पको यो आक्रोशित प्रतिक्रिया कुनै युद्वको सुरुवात हो, जर्जटाउन विश्वबिद्यालय सुरक्षा बिभागका प्रोफेसर बलबिना ह्वांगले भने। त्यस्तै एक अर्का विश्लेषकले ट्रम्पको यो चेतावनी प्योङयाङलाई थप आणविक हतियार परीक्षण गर्न ऊर्जा मिल्ने प्रतिक्रिया दिए।
ट्रम्पले राष्ट्रसंघीय सदस्य राष्ट्रहरूले एकजुट भएर उत्तर कोरियालाई एक्ल्याउनुपर्नेमा समेत जोड दिए। त्यस्तै अमिरिकी सुरक्षा सचिवालयका अधिकारि मेटिटले यदि उत्तर कोरियाले अमेरिकी भू-भाग गुआन तथा अन्य छिमेकि राष्ट्रहरुलाई दिएको आक्रमणको चेतावनी फिर्ता नलिए उसको भबिष्य निशस्त्रीकरण बाहेक केही नहुने स्पष्ट पारे।
यसैबीच महासभामा भाग लिन न्यूयोर्क पुगेका कोरियाका राष्ट्रपति मून जे इनले पनि उत्तर कोरियाको बढ्दो आणविक मोहलाई अन्त्य गर्ने विषयमा विभिन्न मुलुकका राष्ट्र प्रमूखसँग छलफल गरिरहेका छन्।
उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र परीक्षण तथा जापानलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेपछि कोरियाली प्रायद्धिपमा तनाब बढिरहेको छ भने उत्तर विरुद्ध नाकाबन्दी पनि राष्ट्र संघले कडा पारेको छ ।