अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार सेवास्टियन गोर्कालाई निष्कासन गरिने भएको छ। उनलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको सम्बन्धीत अधिकारीले शुक्रबार पुष्टि गरेका समाचारमाध्यमहरूले जनाएका छन्।
“सेवास्टियन गोर्काले राजीनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,” ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ। छ्यालिस वर्षीय गोर्का राष्ट्रपति उप सहायकको रुपमा कार्यरत छन्।